चलचित्र ‘बाटुलो जून’मा अनमोल केशीसँग रोमान्स गर्दै टिकटकर प्रिन्सी खतिवडा

चलचित्र ‘बाटुलो जून’मा अनमोल केशीसँग रोमान्स गर्दै टिकटकर प्रिन्सी खतिवडा

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। फिल्म ‘बाटुलो जून’मा चर्चित टिकटकर तथा मोडल प्रिन्सी खतिवडाले फिल्ममा अनुबन्ध भएकी छन्। अनमोल केसीको मुख्य भूमिकामा बन्ने फिल्ममा उनले डेब्यु गर्ने पक्का भएको हो। यस फिल्ममा उनी अनमोलको जोडीका रूपमा देखिनेछिन्।

अडिसनबाट प्रिन्सीलाई निर्माणपक्षले अनमोलको जोडीका रूपमा छनोट गरेको हो। केही दिनअघि अनुबन्धित प्रिन्सी यतिखेर वर्कसपमा व्यस्त छिन्। दुई चरणमा छायांकन हुने फिल्मको पहिलो चरणको सुटिङ अर्को सातादेखि चित्लाङबाट सुरु हुनेछ।

दोस्रो चरणको छायांकन मनसुनपछि सुरु हुनेछ। जिया केसीको लगानीमा बन्ने फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन्। यस फिल्ममा पहिलोपटक अनमोल गाउँले भूमिकामा देखिँदै छन्।

२० लाख बजेट भनिएको यो फिल्म अनमोलको करिअरकै सस्तो फिल्म भएको समेत बताइएको छ। प्रिन्सी र उनकी बहिनी प्रिज्मा खतिवडा टिकटक भिडियोमार्फत चर्चामा आएका हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस