शान्ता रानी परियार र अनमोल बस्नेतको आवाजमा ‘छैन केही पीर चिन्ता’ सार्वजनिक

शान्ता रानी परियार र अनमोल बस्नेतको आवाजमा ‘छैन केही पीर चिन्ता’ सार्वजनिक

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

‘म त ढलेँ ढलेँ’ गीतबाट दोहोरी क्षेत्रमा एकाएक चम्किएकी लोकप्रिय गायिका शान्ता रानी परियार र गायक अनमोल बस्नेतको आवाजमा नयाँ तीज गीत ‘छैन केही पीर चिन्ता’ सार्वजनिक भएको छ। तीजको माहोललाई लक्षित गर्दै तयार पारिएको यो गीत अहिले बजारमा आएको हो। गीतमा ऋशि परियारको शब्द रहेको छ भने संगीत अनमोल बस्नेतले दिएका छन्।

गीतको भिडियोमा लोकप्रिय मोडल जुना विश्वकर्मा र रिहान शंकरले अभिनय गरेका छन्। रिहान शंकरकै प्रस्तुतिमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। करिब ११ वर्षदेखि निरन्तर म्युजिक भिडियो क्षेत्रमा सक्रिय रिहान शंकर पछिल्लो समय दोहोरीका चर्चित मोडलका रूपमा परिचित छन्।

उनले अभिनय गरेका विभिन्न दोहोरी गीत तथा म्युजिक भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाउँदै आएका छन्। अभिनयसँगै नृत्यमा समेत अब्बल मानिने रिहानको प्रस्तुति दर्शकमाझ रुचाइएको छ। म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहँदै आएका रिहान व्यवसायमा समेत संलग्न छन्। लामो समयदेखि मनोरञ्जन क्षेत्रमा निरन्तर सक्रिय रहँदा उनले कलाकारितासँगै आफ्नो व्यावसायिक पहिचानसमेत बनाएका छन्। ‘छैन केही पीर चिन्ता’को भिडियो निर्देशन मुकेश नेपालिले गरेका छन भने छायान्कन बुद्ध थापाले गरेका छन तीजको सांगीतिक माहोललाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘छैन केही पीर चिन्ता’मा शान्ता रानी परियार र अनमोल बस्नेतको स्वर, ऋशि परियारको शब्द, रिहान शंकर र जुना विश्वकर्माको अभिनयले गीतलाई विशेष बनाएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ यसले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय