शिक्षकका माग पूरा गर्दा सरकारलाई थप ८ अर्ब दायित्व थपिन्छ : शिक्षामन्त्री पन्त

शिक्षकका माग पूरा गर्दा सरकारलाई थप ८ अर्ब दायित्व थपिन्छ : शिक्षामन्त्री पन्त

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई आठ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताएका छन्।

वार्तापछि पत्रकार सम्मेलनमा पन्तले शिक्षकहरूको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए।

त्यस्तै, मन्त्री पन्तले मन्त्रिपरिषदको आजैको बैठक शिक्षकसँग भएको सहमति कार्यान्वयन गर्ने निर्णय गरेको बताए। उनका अनुसार आजैबाट सहमति कार्यान्वयनको बाटामा अघि बढेको छ।

सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए।

त्यस्तै, शिक्षकका माग पूरा गर्नलाई सरकारलाई थप हुन आउने आर्थिक दायित्व व्यवस्था गर्न प्रतिवद्धता जनाएको र वार्तामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको भन्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई पनि शिक्षामन्त्री पन्तले धन्यवाद दिए।

Share This Article

प्रतिक्रिया दिनुहोस