‘कुली’ र ‘वार २’ ले चार दिनमा विश्वभरबाट कति कमाए?

‘कुली’ र ‘वार २’ ले चार दिनमा विश्वभरबाट कति कमाए?

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

यस वर्षका दुई बहुप्रतिक्षित भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।

रजनीकान्त अभिनित ‘कुली’ र ऋतिक रोशन तथा जूनियर एनटीआर अभिनित ‘वार २’ दुवै फिल्मले गरेर ४ दिनमा विश्वव्यापी रूपमा ६३२ करोड भारू कमाइ गरेका हुन्।

गत बिहीबार एकै दिन प्रदर्शनमा आएका यी फिल्महरूबीच ठूलो प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। यद्यपि, व्यापारमा ‘कुली’ ले पहिलो दिनदेखि नै अग्रता कायम राख्दै आएको छ।

‘कुली’ ले विश्वभरबाट आइतबारसम्म ३७५ करोड भारू कमाउँदा ‘वार २’ ले  लगभग २५७ करोड भारू कमाएको जनाइएको छ। कुल कमाइमा ‘कुली’ को हिस्सा लगभग ६० प्रतिशत छ।

यी दुवै फिल्म नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस