काठमाडौं, नेपाली फिल्मका निर्माता तथा निर्देशकहरू आफ्नो फिल्मका कलाकारको पारिश्रमिक यति हो, उति हो भन्ने कुरामा पछि पर्दैनन्। नेपाली कलाकार पनि पारिश्रमिकका विषयमा अनमोल देखिन्छन्।
तीन महिनाअघि सन्तोष सेनले एक अन्तरवार्तामा आफ्नो फिल्म ‘बलिदान’ का अभिनेता समिर भट्टलाई अहिले डेढ करोड बोकेर निर्माताहरू भेट्न जाने गरेको कुरा गरेका थिए। मज्जाको टिभीसँगको अन्तरवार्तामा सेनले समिरलाई फिल्म खेलाउनका लागि निर्माता तथा निर्देशकहरू डेढ करोड बोकेर जाने गरेको दाबी गरेका थिए।










