१५ स्वास्थ्यकर्मीको मृत्यु भएको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

१५ स्वास्थ्यकर्मीको मृत्यु भएको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एजेन्सी : इजरायलले गत महिना गाजामा १५ जना स्वास्थ्यकर्मीको मृत्युमा आफ्नो गल्ती स्वीकार गरेको छ।

इजरायल रक्षा बल(आईडीएफ)ले सैनिकहरूले व्यावसायिक गल्ती गरेको बताएको छ। घटनापछि एक अधिकारीलाई बर्खास्त गरिएको छ।

इजरायली सेनाले मार्च २३ मा एम्बुलेन्स, दमकल ट्रक र संयुक्त राष्ट्रसंघको गाडीमा गोली चलाएको थियो। यसमा १५ जनाको मृत्यु भएको थियो। पछि इजरायलले तीमध्ये छ जना हमासका सदस्य भएको दाबी गर्‍यो।

इजरायलको अनुसन्धान प्रतिवेदनले सैनिकहरूले आचारसंहिता उल्लङ्घन नगरेको बताएको छ।

शुक्रबार इजरायली आक्रमणमा ९० जनाको मृत्यु
शुक्रबार बिहान गाजामा इजरायली हवाई आक्रमणमा हालसम्म ९० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

गाजा सरकारका अनुसार पछिल्लो १८ महिनाको लडाइँमा अहिलेसम्म गाजाका ६१ हजारभन्दा बढी मानिसहरू मारिएका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघले गाजाका हजारौं मानिसहरू भोकमरीले मर्ने जोखिममा रहेको चेतावनी दिएको छ।

इजरायलीको निरन्तर गोलाबारी, हवाई हमला र नाकाबन्दीका कारण गाजाका मानिसहरू मानसिक रूपमा क्षतविक्षत भएका छन्। धेरै मानिसहरू आफ्ना बच्चाहरूलाई पर्याप्त खाना खुवाउन संघर्ष गरिरहेका छन्।

समाचार एजेन्सी वाफाका अनुसार इजरायली सैनिकहरूले वेस्ट बैंकको हेब्रोनमा रहेको फावर शरणार्थी शिविरबाट आठ प्यालेस्टिनीहरूलाई पक्राउ गरेका छन्। सैनिकहरूले यहाँ धेरै घरहरूमा छापा मारेर सम्पत्तिमा क्षति पुर्‍याए र तोडफोड गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय