‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ।

जेठ २ गते रिलिज हुने चलचित्रको निर्माणपक्षले मङ्गलवार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो। रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत छ।

प्रेम जोडीको कथा बोल्ने गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन्। गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एक अर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ।

चलचित्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा हो। बुद्धि सागरको लेखन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको छ। ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय