टिभीएसको ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ भृकुटीमण्डपमा, आकर्षक अफरको व्यवस्था

टिभीएसको ‘ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ भृकुटीमण्डपमा, आकर्षक अफरको व्यवस्था

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ।

यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस मेलामा ग्राहकले पुरानो बाइक वा स्कुटरलाई नयाँ टिभीएस गाडीसँग साट्न सक्नेछन्। एक्सचेञ्जमा विभिन्न आकर्षक अफर तथा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

मेला सुरु हुनुअघि नै नयाँ टिभीएस सवारी खरिद गर्न चाहने ग्राहकका लागि प्रि-बुकिङको व्यवस्था मिलाइएको छ। जेठ ६ गतेभित्र प्रि-बुकिङ गर्ने ग्राहकले पाँच हजार रुपैयाँ बराबरको विशेष उपहार पाउनेछन्।

मेला अवधिभर एक्सचेञ्जमा सहभागी ग्राहकले आफ्नो पुरानो सवारीको न्यूनतम ३० हजार रुपैयाँ मूल्याङ्कन प्राप्त गर्नेछन्। मेलामा ५० भन्दा बढी रीकन्डिसन हाउस सहभागी हुने भएकाले ग्राहकले पुरानो बाइकको उचित मूल्याङ्कन पाउने कम्पनीको दाबी छ।

एक्सचेञ्जका साथै, नयाँ सवारी खरिदमा आठ हजार रुपैयाँसम्मको नगद छुट, पुरानो बाइकको मूल्याङ्कनमा थप दश हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधासमेत उपलब्ध हुनेछ।

नयाँ टिभीएस सवारी किन्ने प्रत्येक ग्राहकलाई हेल्मेट, बाइक कभर, झोला र रेनकोट जस्ता उपहार निःशुल्क दिइनेछ।

मेलामा सवारी एक्सचेञ्ज र खरिदका साथै आगन्तुकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि रहनेछन्। यसमा लाइभ म्युजिकल ब्यान्ड, स्टन्ट शो, टिभीएसका नयाँ मोडलको टेस्ट राइड, खेलहरू, फोटो बुथ, खानेकुराका स्टल र बालबालिकाका लागि किड्स जोन सामेल छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस