ऊनको स्वीटर’ तेस्रो हप्तामा, ८ करोड १० लाख ग्रस कलेक्स

ऊनको स्वीटर’ तेस्रो हप्तामा, ८ करोड १० लाख ग्रस कलेक्स

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं – चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ चलचित्रहरू रिलिज भएका परिस्थितिमा पनि उल्लेखनीय मानिएको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रको सकारात्मक चर्चा बटुलिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस