प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्छः मुख्यमन्त्री बानियाँ

प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्छः मुख्यमन्त्री बानियाँ

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सिन्धुपाल्चोक। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री भएपछि आज पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुग्नुभएका बानियाँले गणतन्त्रपछि स्थापित विकासको बाहक प्रदेश सरकारविरुद्ध विशेषगरी सामाजिक सञ्जालबाट गलत भाष्य निर्माण गर्न खोजिएको धारणा राख्नुभयो ।
“गणतन्त्र स्थापना भएपछि गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वाथ्य, सञ्चार सुविधा पुगेको छ । यो कुरा यो व्यवस्था विरोधीहरूलाई मन परेको छैन । त्यसैले फेसबुक, ट्वीटर, युट्यूवजस्ता सामाजिक सञ्जालबाट बदनाम गराउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आज यहाँ बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई सम्मान गरिएको थियो । यस्तै, नवौँ एसिया गोजुरियो कराँते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी करीना पुरी, ‘नेपाल आइडल सिजन(६’ का प्रतियोगी गङ्गा सोनाम र आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक विजेता ११ वर्षीय खेलाडी शशाङ्क तामाङलाई सम्मान गरिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
यसैबीच कांग्रेस क्षेत्र नं २ ले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट नियुक्त भएका मन्त्रीलाई सम्मान गरेको छ । आजै यहाँ एक कार्यक्रमबीच कांगेसका नेता तथा कार्यकर्ताको उपस्थितीमा उहाँहरूलाई सम्मान गरिएको हो ।
Share This Article

प्रतिक्रिया दिनुहोस