पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार

पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाउजुको छम छम’ मा एन जेट शालु को हट अवतार, जस बहादुर याखा पनि मोडलिङमा न्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल एन जेट शालु पछिल्लो समय ‘पाउजुको छम छम’ बोलको गीतमार्फत दर्शकमाझ प्रस्तुत भएकी छिन्। यस गीतमा उनले निर्देशक जस बहादुर याखासँगै अभिनय गरेकी छन्। गीतमा गायक भिम बि.सि. र गायिका प्रेरणा सिंहको स्वर रहेको छ भने शब्द तथा संगीत हिरा काजी थापाले तयार पारेका हुन्।

‘पाउजुको छम छम’ मा एन जेट शालु र जस बहादुर याखालाई निकै हट अवतारमा देख्न सकिन्छ, जसले दर्शकको ध्यान आकर्षित गरेको छ। मोडल Nz Salu ले विगतमा लामो समय कोरस डान्सरको रूपमा काम गरेकी थिइन्। बीचमा रोजगारीका सिलसिलामा न्युजिल्यान्ड पुगेकी उनी पुनः यही क्षेत्रमा सक्रिय हुन थालेकी हुन्।

उनी भन्छिन्, “मैले विगतमा लामो समय यही क्षेत्रमा बिताएकी छु, अब मलाई चलचित्रमा अभिनय गर्ने ठूलो इच्छा छ।” त्यस्तै, निर्देशकको रूपमा परिचित जस बहादुर याखा पनि यस गीतमार्फत मोडलको रूपमा देखिएका छन्, जुन दर्शकका लागि नयाँ अनुभव बन्न सक्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय