टिकटक, रिल्स र शर्ट्समार्फत कलाकार चिनाउँदै ‘ऊनको स्वीटर’ टोली

टिकटक, रिल्स र शर्ट्समार्फत कलाकार चिनाउँदै ‘ऊनको स्वीटर’ टोली

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेको छ। छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीतलाई प्रयोगकर्ताहरूले रुचाएका छन्।

झुमा लिम्बु र सुजन चापागाईंको स्वर, झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दमा तयार भएको यस गीतको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको छ। टिकटकमा ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो बनाएका छन्।

डिजिटल प्लेटफर्ममार्फत कलाकार परिचय
‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ। चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो।

चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ। यी दुईले चलचित्रमा पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन्। गीतको अफिसियल भिडियोमा भने अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन्।

आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै दर्शकहरूको जिज्ञासा र प्रेम बढ्ने विश्वास व्यक्त गरेको छ।

नयाँ प्रविधिको प्रयोग
कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए यति धेरै दर्शकमाझ यति छिटो पुग्न सकिने थिएन। पछिल्लो प्रविधि अँगाल्नु अहिलेको आवश्यकता हो।’

‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Share This Article

प्रतिक्रिया दिनुहोस