काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।
विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
दाहाल पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका छन् भने देउवा उपचारका लागि भन्दै थाइल्यान्डमा छन्।










