फिल्म फ्लप, तर विपिनलाई स्क्रिप्टको मारामार

फिल्म फ्लप, तर विपिनलाई स्क्रिप्टको मारामार

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : विपिन कार्की अभिनित पछिल्ला फिल्महरूले बक्स अफिसमा लोभलाग्दो व्यापार गर्न सकेका छैनन्।

‘तेलभिसा’ले ५१ दिन मनायो- यो अपवाद भयो। फिल्म ‘कर्मा’ त सुपर फ्लप नै भयो।

शनिबार स्टार मलमा आयोजित फिल्म ‘ऊनको स्विटर’ को पत्रकार भेटघाट कार्यक्रममा विपिन कार्कीको अनुहारमा निराशा देखिन्थ्यो।

लगातार फिल्महरू असफल हुँदा कत्तिको जिम्मेवार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने- ‘यो फिल्म चाहीँ चलोस भनेर कामना गरिरहेको छु मै,’ विपिनले भने, ‘डाँको छोडेर ग्वाँ ग्वाँ रुनु भाको छैन, कि रोइदिम।’

भएजति फिल्म नचले पनि दोष एकजनाको मात्र होइन भन्नेमा उनी दृढ देखिए। अभिनेता मात्र होइन, मेकअप आर्टिस्टदेखि मार्केटिङ एजेन्सीसम्म जिम्मेवार हुनुपर्ने उनले बताए।

‘कुनै पनि अभिनेता मात्रै एउटा मान्छे मात्रै जिम्मेवार हुँदैन,’ उनले भने, ‘फिल्मको प्रचारप्रसार गर्छौ भनेर पैसा लिनु भयो नि, उहाँहरु पनि उतिकै जिम्मेवारी हुनुहुन्छ। त्यसमा म पनि जिम्मेवारी छु।’

एक पछि अर्को फिल्म फ्लप हुनुले करिअरमा असर पारेको होला भन्ने प्रश्नलाई भने उनले पन्छाए।

‘अहिले मलाई केहिको टेन्सन छैन, दबाब पनि छैन। काम भैरहेको छ, स्क्रिप्टहरु मारामार नै छन्। पढेको पढैछु’, उनले सञ्चारकर्मीहरूलाई हँसाउने प्रयास गर्दै भने।

विपिन अभिनित फिल्म ‘ऊनको स्वीटर’ यहि वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

नविन चौहानले निर्देशन गरेको फिल्म ‘ऊनको स्वीटर’मा अभिनेत्री मिरुना मगर, वेल्सन बिक्रम राई लगायतका कलाकारहरूले अभिनय गरेका छन्। ‘काफ्ले’ गीतको चर्चाले फिल्मलाई राम्रै सहयोग गर्ने अपेक्षा छ।

‘ऊनको स्वीटर’ले विपिनको करिअरलाई कता लैजाला। त्यसको लागि त केही दिन कुर्नै पर्ने हुन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस