फिल्म ‘कोशेढुङ्गा’ मा गायक खेम सेन्चुरीको गीत

फिल्म ‘कोशेढुङ्गा’ मा गायक खेम सेन्चुरीको गीत

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : गायक खेम सेन्चुरी फिल्म कोशेढुङ्गामा अनुबन्धित भएका छन्। सरोज पौडेलको निर्देशनमा बन्ने फिल्ममा उनको संगीत रहेको गीत रहने निर्माण पक्षले जानकारी दिएको छ।

खेम ‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काँडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आँखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतका संगीतकार र गायक हुन्।

कोशेढुंगा टिमले भदौ १२ मा फिल्म रिलिज गर्नेगरि तयारी गरिरहेको छ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन्।

फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, मन्जिल कुमार अनुबन्ध भइसकेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय