काठमाडौं : चर्चित टिकटकर सामरिका ढकाल विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले भारतीय प्रेमी अभय रघुवंशीसँग लगानगाँठो कस्न लागेकी हुन्।
यी दुईले हिजो ईंगेजन्मेन्ट गरे। झापास्थित सामारिकाकै घरमा यी दुईको इन्गेजमेन्ट कार्यक्रम भएको थियो। बुझिए अनुसार ईंगेजमेन्टमा सामरिकाका परिवारजन र सिमित आफन्तहरू उपस्थिति थिए।
समारोहमा निकटका साथीहरुलाई पनि बोलाइएको थिएन। कलाकारिता क्षेत्रका व्यक्ति वा टिकटकर कोही पनि ईंगेजमेन्ट समारोहमा देखिएनन्।
ईंगेजमेन्टका भिडिओहरु भने टिकटकमा भाइरल भइरहेका छन्। सामरिकाकी जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमा भिडिओ हाल्दै बहिनीलाई बधाइ दिएकी छन्।

भिडिओहरू हेर्दा ईंगेजमेन्ट कार्यक्रम भारतीय (बलिउड) रिवाजमा गरिएको छनक मिल्छ। सामरिकाको ड्रेसअप र गरगहनाहरु भारतीय शैलीका थिए।
अभय भारतको गुजरात निवासी हुन्। इन्गेजमेन्टको लागि गुजरातबाट अभय आमा, बुवा, दिदी, भिनाजुसहित ४० जनाको टोली बुधबार झापा आइपुगेको थियो।
सामरिका केही समयदेखि दुबईमा बस्दै आएकी छन्। दुबईमा नै उनको अभयसित भेट भएको हो। उनीहरूको सम्बन्धबारे निकै थोरैलाई मात्र थाहा थियो। ईंगेजेमन्ट भए पनि विवाह कहिले हुने भन्नेबारे केही बताइएको छैन।










