‘नरसिंहा अवतार’को ट्रेलरमा राजेश हमालको चर्चा

‘नरसिंहा अवतार’को ट्रेलरमा राजेश हमालको चर्चा

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : फिल्म ‘नरसिंहा अवतार’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ। बिहीबार निर्माण टिमले ३ मिनेट १५ सेकेण्ड लम्बाइको ट्रेलर रिलिज गरेको हो।

दिवाकर भट्टराईले निर्देशक गरेको फिल्मको ट्रेलर अन्यायमा परेकी एक युवती र राजनीतिको कथा वरपर घुमेको छ। ठूलो पर्दामा आठ वर्षपछि देखिन लागेका राजेश हमाल फिल्मको ट्रेलरमा दुई अलग-अलग अवतारमा देखिएका छन्।

फिल्मको ट्रेलरमा अर्का कलाकार राज कटुवाल पनि एक्सन अवतारमै देखिएका छन्। हमालले आफ्नो सदावहार डाइलकलाई समेत यसमा निरन्तरता दिएका छन्। ट्रेलरको अन्तिममा ‘हे…’ भन्दै उनी जंगिएका छन्।

फिल्ममा हमालको जोडी नीति शाह बन्दा राजको जोडीको रुपमा सनिशा भट्टराई देखिएकी छन्। ट्रेलर रिलिज भएको १५ घण्टामा साढे चार लाख हाराहारी भ्यूज, २३ हजार लाइक र तीन हजार कमेन्ट आएका छन्।

निर्देशक भट्टराईकै लेखन रहेको फिल्ममा राजेश, राज, नीति र सनिशाको साथमा सरोज खनाल, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी लगायतका कलाकारको अभिनय छ।

नरेन्द्र महर्जन, नेम महर्जन, दीपक शर्मा ढकाल र ध्रुव न्यौपानेको लगानी रहेको फिल्ममा राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।

चन्द्र पन्तको कथा पोखिएको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, रिकेश गुरुङको ब्याकग्राउन्ड स्कोर, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी छ।

आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा समावेश गीत ‘अच्छा लेकिन’चार हप्ता अगाडि रिलिज गरिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस