गीत गाउँदा ‘अशान्ति फैलाएको’ आरोप, १४ जना पक्राउ

गीत गाउँदा ‘अशान्ति फैलाएको’ आरोप, १४ जना पक्राउ

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : अफगानिस्तानको उत्तरमा तालिबान प्रशासनले गीत-सङ्गीतमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ।

तखार प्रान्तको राजधानीमा बिहीबार राति एक आवासीय घरमा भेला भई वाद्यवादन र गीत गाइरहेको समूहलाई पक्राउ गरिएको प्रान्तीय प्रहरीले जनाएको छ।

तालिबानले सन् २०२१ मा सत्ता कब्जा गरेयता इस्लामी कानुनको कठोर व्याख्या गर्दै विभिन्न सामाजिक गतिविधिमाथि प्रतिबन्ध लगाउँदै आएको छ।

यसै क्रममा सार्वजनिक रूपमा गीत-सङ्गीत बजाउन वा प्रदर्शन गर्न, रेस्टुरेन्ट, कार, टेलिभिजन तथा रेडियोमा समेत संगीत प्रसारण निषेध गरिएको छ।

प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार पक्राउ परेकाहरूको गतिविधिले ‘जनतामा अशान्ति पैदा गरेको’ आरोप लगाइएको छ। उनीहरूमाथि हाल अनुसन्धान भइरहेको बताइएको छ।

तालिबानको पुनः सत्तारोहणपछि संगीत विद्यालयहरू बन्द गरिएका छन् भने ‘नैतिक भ्रष्टाचार’ फैलाउने भन्दै वाद्ययन्त्र तथा ध्वनि उपकरणहरू नष्ट गरिएका छन्।

विवाह समारोहहरूमा समेत संगीत बजाउन अनुमति छैन, तर महिलाहरूले भने कहिलेकाहीँ निजी रूपमा भेला भई गीत-सङ्गीतको आनन्द लिने गरेका छन्।

यस्ता प्रतिबन्धका कारण धेरै अफगानी संगीतकर्मीहरूले देश छोडेका छन्। तालिबान प्रशासनले केही पूर्व-संगीतकर्मीहरूलाई इस्लामी भजन, वाश्लोक र धार्मिक कविता सिर्जनातर्फ लाग्न प्रोत्साहित गर्दै आएको जनाइएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय