तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्यः महासचिव पोखरेल

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्यः महासचिव पोखरेल

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अझै पनि अहिलेको विकास पद्दतिबाट सन्तुष्ट हुन नसकिने भएकलो मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेकोसमेत बताउनुभयो ।
महासचिव पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामथ्र्य एमालेसँग मात्र रहेको धारणा राख्नुभयो । “मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताउनुभयो । उहाँले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास बताउनुभयो ।
कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गर्नुभएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस