समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका रहेको बताउनुभएको छ ।
कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रममा उहाँले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उहाँले तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नविर्सिकन मनाउनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले चेलीबेटीले तीजमा गीत र नृत्यमार्फत सुखदुःख अभिव्यक्त गर्ने परम्परा रहेकाले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि विशेष गरी नेपाल महिला सङ्घ र त्यसको संस्थापक मङ्गलादेवी सिंहको योगदानको स्मरण गर्नुभयो ।
“पुरुषसरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन की अधिकारसँगै आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिला सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस