आमा तिम्रो दुख नसुनेकि हुम र मैले आमा तिम्रो दुख नदेखेकी हुम र मैले: अहिले टिकटक देखि युटुबभरि भाइरल

आमा तिम्रो दुख नसुनेकि हुम र मैले आमा तिम्रो दुख नदेखेकी हुम र मैले: अहिले टिकटक देखि युटुबभरि भाइरल

खबर जुम
3 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आमा तिम्रो दुख नसुनेकि हुम र मैले आमा तिम्रो दुख नदेखेकी हुम र मैले अहिले टिकटक देखि युटुबभरि भाइरल बनेको यो गीत् सायद नसुन्ने र नहेर्ने कमै हुनुहुन्छ होला।करिब ५ बर्ष पछि फेरी दोहोरी क्षेत्रमै फर्किएकी मोडल रन्जिता गुरुङले अभिनय गरेको एउटा कारुणिक तीज गीतले आम नेपालीको मन मुटु जितेको छ।

जापानमा बस्दै आउनु भएका सर्जक बिशाल छेत्रीले शब्द संगीत गर्नु भएको उक्त गीत अहिले सबैतिर भाइरल बनिरहेको छ।अमेरिकामा बस्दै आउनु भएकी मोडल रन्जिता गुरुङ नेपाल फर्कनु भएको मौकामा यो गीतमा अभिनय गर्नु भएको थियो।जीवन्त अभिनय रहेको उक्त गीत अहिले सर्वाधिक भाइरल बनेको हो।गीतमा रन्जिता संगै आमाको भूमिकामा भने रश्मि भट्टको अभिनय रहेको छ । बालकलाकारमा श्रीष्टी खड्कि रहनु भएको छ । एक चेलीले आमाको दुख के हो भनेर गीतमा समेट्न खोजिएको प्रष्ट देखिन्छ।आमाले बिगतमा भोगेको दुख जुन दुखलाई आँखा अगाडी देखेको भावना उक्त गीतमा समाबेस गरिएको छ।

गीत भित्र साच्चै एउटा नारी कति सम्म पिडामा हुन्छिन र त्यो नारीको पिडा बुझ्ने अर्को नारीनै हुनुपर्छ भन्ने संदेश समेत गीतको शब्द शब्दमा जोड्न खोजिएको छ। लामो समय संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्नु भएका बिशाल नेपालमा संगीतमा राम्रो भबिष्य नभएपछि बाध्य भएर जापान जानु भएको थियो।उहाले जापान हुदा पनि बेला बेलामा गीतहरु सृजना गरिरहनु भएको हुन्थ्यो।त्यो एउटा समय थियो खुमन अधिकारी,खेम सेन्चुरी र बिशाल छेत्री राजधानी हुँदा एकै ठाउँ बस्नु हुन्थ्यो।एकै रुममा बसेर संगीत क्षेत्रमा संघर्ष गरिरहनु भएका बिशालको सृजना त् सबै चर्चितनै बने तर संफ्गित क्षेत्रमा सोचे जस्तो राम्रो बन्न सकेन।उहाको गीत चलेपनि उहालाई खोज्नेहरु कम देखिए र बाध्य भएर जापान जानु भएको थियो।हाल जापानमा रहेर पनि दर्जन बढी गीतमा आफैले लागनी गरेर बजारमा ल्याइसक्नु भएको छ। अहिले बजारमा आएको आमा तिम्रो दुख बोलको गीतमा गायिका अन्जिता बिश्वकर्माले आवाज भर्नु भएको छ।अन्जिता अहिले पछिल्लो समयकी सबै भन्दा चर्चित गायिका हुनुहुन्छ।उहाले आवाज दिएका गीतहरु अहिले बजारमा दिनदिनै चर्चित हुन् थालेको छ।लौनानी यस्तो बोलको गीतबाट सबैको रोजाईमा पर्नु भएकी अन्जिता अहिले सबै कलाकारको पनि रोजाई भित्र पर्नु भएको छ। उता बिशालको करिब ३ सय बढी गीतहरु सांगीतिक बजारमा छन।

सबै गीतहरु सुपरहिट लिष्टमा परेका छन।गीत संगीतमा सबैको मन जित्नु भएका बिशाल छेत्रीले जापानमा रहेका नेपालीको समेत कहानीमा गीतहरु बाजरमा ल्याउनु भएको छ।आमा संग जोडिएको गीत देखि देशको कथा सम्म जोडिएका गीतहरु उहाको बजारमा छन।अहिले बजारमा आएको गीत भने बिशालको आफ्नै युटुब च्यानलमा सार्वजनिक भएको छ।गीतको सम्पूर्ण टिमलाई शुभकामना छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय