कमाइको केही प्रतिशत लगानी गर्न अध्यक्ष ढकालको आग्रह, प्रतिफल दिने वातावरण बनाउने प्रतिबद्धता

कमाइको केही प्रतिशत लगानी गर्न अध्यक्ष ढकालको आग्रह, प्रतिफल दिने वातावरण बनाउने प्रतिबद्धता

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दुबई : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीहरूलाई आफ्नो आम्दानीको केही अंश नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

नेपाली जनसम्पर्क समिति युएईद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालमा धेरै क्षेत्र अझै अन्वेषण गर्न बाँकी रहेको र लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने बताए।

‘नेपालमा सम्भावना छैन भन्ने नकारात्मक सोच र विदेशको विकाससँग तुलना गर्ने प्रवृत्ति गलत छ। विदेशमा जस्तै मेहनत र लगानी नेपालमा गरेमा धेरै सम्भावना छन्’, उनले भने।

हालै सरकारले गरेको कानुनी सुधारले लगानीकर्तामा उत्साह थपिएको र लगानीमैत्री वातावरण बन्दै गएको उनको भनाइ छ।

ढकालले वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गरी उत्पादन, रोजगारी र राजस्व वृद्धिमा योगदान गर्न आग्रह गरे।

‘तपाईंहरूले विदेशमा कमाएको पुँजीको केही अंश नेपालमा लगानी गर्नुभयो भने विकासको गति तीव्र हुन्छ। भविष्यमा नेपाल फर्किंदा यो लगानीले तपाईंहरूलाई सहयोग गर्नेछ’, उनले थपे।

उनले आफ्नै उदाहरण दिँदै मेहनत, लगनशीलता र इमानदारीले नेपालमा सफलता सम्भव भएको बताए। उनका कम्पनीहरूले २५ हजारभन्दा बढीलाई रोजगारी दिएका छन्।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेट्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको जानकारी दिँदै उक्त कम्पनीमा लगानी गर्न आह्वान गरे। यो कम्पनीले जलविद्युत, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गर्नेछ।

‘विदेशी लगानीबिना ठूला परियोजना सम्भव छैन भन्ने र नेपालमा सम्भावना छैन भन्ने दुवै धारणा गलत छन्। हाम्रो सानो–सानो पुँजी संकलन गरेर ठूला आयोजनामा लगानी गर्न सकिन्छ। १० अर्बको इक्विटीबाट ४० अर्बभन्दा बढी लगानी जुटाउन सम्भव छ’, उनले भने।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले सम्बोधन गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस