बालेनको कटाक्ष गरेकी सुनिताले भनिन्- ‘विकासमुखी कामकै कारण ओलीको आलोचना भयो’

बालेनको कटाक्ष गरेकी सुनिताले भनिन्- ‘विकासमुखी कामकै कारण ओलीको आलोचना भयो’

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा देखावटी स्टन्टले राष्ट्र निर्माण नहुने बताएकी छन्।

एमालेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले इमान्दार काम नै देश विकासको आधार भएको उल्लेख गरिन्।

डंगोलले मेयर शाहलाई लक्षित गर्दै भनिन्, “धेरैले स्टन्ट गर्छन्, बोल्छन्, लोकप्रिय बन्छन्। पपुलिस्ट भएर वा अरूलाई गाली गरेर देश बन्छ जस्तो लाग्छ, तर स्टन्टले देश बन्दैन। देश बनाउन काममा इमान्दारिता चाहिन्छ। हामी स्टन्ट गर्ने युवा होइन, काम गर्ने र अराजकता नफैलाउने युवा बनौं।”

उनले सामाजिक सञ्जालमा आफूमाथि लागेका आरोपको पनि खण्डन गरिन्।

“मैले गरेको काम काठमाडौं र देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रशंसित छ। विश्वका विभिन्न ठाउँमा गएर अनुभव साट्ने र सिक्ने अवसर प्राप्त भएको छ। तर, यो कुराले केहीलाई रिस उठ्छ। ती राष्ट्रविरोधी तत्वहरू अझै सक्रिय छन्”, उनले थपिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंग जोड्दै उनले राष्ट्रवादी सोच र विकासमुखी कामका कारण ओलीमाथि पनि आलोचना र आक्रमण भएको बताइन्।

Share This Article

प्रतिक्रिया दिनुहोस