दुर्गेशलाई हेलिकप्टरमा हेर्न दोब्बर टिकट मूल्य

दुर्गेशलाई हेलिकप्टरमा हेर्न दोब्बर टिकट मूल्य

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल : गुल्मीको तम्घासमा भइरहेको दोस्रो गुल्मी महोत्सवमा सोमबारसम्म प्रवेश शुल्क सामान्य तर्फ एक सय र विद्यार्थीलाई ५० रुपैयाँ थियो।

तर, मंगलबार एकाएक दोब्बर भयो- दुई सय र एक सय। यसको कारण थिए- गायक दुर्गेश थापा।

मंगलबार चर्चित गायक दुर्गेश थापाको ‘हेलिकप्टर इन्ट्री’ दर्शकलाई महँगो पर्यो। आयोजकले थापालाई हेलिकप्टरबाट ल्याउँदा महँगो पर्ने भन्दै प्रवेश शुल्क दोब्बर बनाए।

वैशाख ५ गतेदेखि गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सोमबार दुर्गेश थापा सिम्रिक एयरको हेलिकप्टर चढेर तम्घास झरेका थिए।

दिउँसो २:१७ मा झरेका थापा ३:५३ मा फेरि हेलिकप्टरमै फर्किए। मञ्चमा दुई घण्टाको रहेका थापाले ‘दुस्मन हेरेको हेर्यै’, ‘बीच बजारमा’ जस्ता हिट गीत गाएर दर्शक झुमाएका थिए।

आयोजक गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हेलिकप्टरको खर्च बेहोर्न टिकट बढाउनु परेको स्पष्ट पारे।

आयोजकका अनुसार दुर्गेशलाई ल्याउन करिब ७ लाख रुपैयाँ खर्च भएको छ- जसमा करिब ४ लाख हेलिकप्टर चार्टर र ३ लाख पारिश्रमिक भनिएको छ। तर, संस्थाले यसबारे औपचारिक रूपमा भने बोलेको छैन।

सोमबार मात्र ७ हजार ५५० जना दर्शकले टिकट काटेर दुर्गेशको प्रस्तुति हेरेको आयोजकको दाबी छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय