ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको छ।

नयाँ गेटवेको माध्यमबाट बैंकका मर्चेन्टहरूले भिसा तथा मास्टर कार्डमार्फत विश्वका जुनसुकै राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंकहरूबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ई–कमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा विशेषतः ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, अस्पतालजस्ता व्यवसायहरूका लागि लाभदायी हुने बैंकको भनाइ छ।

गेटवेको प्रयोगले मर्चेन्ट व्यवसायको दायरा देश–विदेशसम्म विस्तार गर्न सहयोग पुग्नेछ। साथै, यस प्रणालीमा थ्रीडी सेक्योर प्रविधिको प्रयोग भएकाले कारोबार थप सुरक्षित रहने बैंकले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस