स्वामी कैलाशानन्द महाराजद्वारा भालेश्वर महादेवको दर्शन

स्वामी कैलाशानन्द महाराजद्वारा भालेश्वर महादेवको दर्शन

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन गरेका छन्।

नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा उनले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा गरेका हुन्।

काठमाडौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बसेका उनले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बनेको भन्दै प्रशंसा गरे।

स्वामी कैलाशानंद सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताए।

नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाईंकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस