साइबर क्राइमको मुद्दामा प्रसाईँ, दाहाल र पाण्डेले पाए सफाइ

साइबर क्राइमको मुद्दामा प्रसाईँ, दाहाल र पाण्डेले पाए सफाइ

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँसहित तीन जनाले सफाइ पाएका छन् । रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँसहित पत्रकार जिवन पाण्डे र प्रकाशचन्द्र दाहालले सफाइ पाएका हुन् । काठमाडौं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो ।

व्यक्तिगत चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले अभिव्यक्ति दिने दुर्गा प्रसाद प्रसाईँ र प्रसारण गर्ने पत्रकारद्वय दाहाल र पाण्डेविरुद्ध साइबर क्राइमको अपराधमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा साइबर ब्युरोले गत असोज ६ गते प्रसाईँलाई पक्राउ गरी असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

असोज १५ गते बयान भई थुनछेक हुँदा प्रसाईँसँग धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसपछि धरौटी बुझाएर रिहा भएका प्रसाईँको मुद्दा गत असार ३२ गते न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सफाइ दिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस