सस्पेन्स, प्रेम, विछोड र बदलाको कथामा ‘मोहर’को ट्रेलर सार्वजनिक ( भिडियो हेर्नुस)

सस्पेन्स, प्रेम, विछोड र बदलाको कथामा ‘मोहर’को ट्रेलर सार्वजनिक ( भिडियो हेर्नुस)

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाण्डौ : आगामी साउन २३ गते रिलिज हुने चलचित्र ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ । पल शाह, बेनिशा हमाल, र निती शाहको मुख्य भुमिका रहेको फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । चलचित्र ‘मोहर’ देउकी प्रथामा आधारित सामाजिक कथामा तयार गरिएको हो ।

देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ । एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको फिल्मको ट्रेलर थुप्रै उतारचढावका बिच अगाडि बढेको छ । फिल्मको ट्रेलरले दर्शकलाई फिल्मप्रतिको चासो बढाउने देखिन्छ । दुई गीत र टिजर चर्चामा रहेको समयमा ट्रेलरले अझै कौतुहलता र चासो बढाउने पक्का छ ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय रहेको छ ।

चुम्बनजंग शाहीको लगानी रहेको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द र कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ । चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । दुई साताअघि फिल्मको पहिलो गीत ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ सार्वजनिक गरिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस