‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैंको फूलपातिमा रिलिज

‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैंको फूलपातिमा रिलिज

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चलचित्र ‘माइतिघर’ फस्टलुक रिलिज भएको छ। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रको पोष्टरमा मुख्य कलाकारलाई स्थान दिईएको छ । चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता रहेका छन्।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । चलचित्र दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

चलचित्रको फस्टलुकमा कलाकारहरुको पात्र परिचय गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर रहेको छ जसले माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ । चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय