देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ

देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताउनुभएको छ । निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा आज यहाँ उहाँले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रदै गएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हाल देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन सकेको छैन । कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले ध्यान नदिँदा देश विकास हुन सकिरहेको छैन । यदि कर्मचारी र प्राविधिक मात्रै ठिक हुने हो भने धेरै समस्या समाधान हुनेछ, विकासले गतिलिने छ
उहाँले नयाँ पुस्तालाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी सदाचार, समाज सेवा र राजनीतिक चेतनासहितको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो । इन्स्टिच्युटका अध्यक्ष बालकृष्ण बनमालाले कला क्षेत्रमा गरेको योगदानका लागि भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको बताउनुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस