काठमाडौं। लामो समयदेखि रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूची सार्वजनिक गरेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि प्रा.डा. बुद्धिप्रसाद पौडेल, प्रा।डा। गेहनाथ बराल, डा. दीपक थापा मगर, प्रा.डा. पवनकुमार शर्मा, प्रा.डा. विष्णुप्रसाद शर्मा र प्रा.डा. सृजना श्रेष्ठको नाम सूचीमा परेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. विधानिधि पौडेल, प्रा.डा.नारायणसिंह गुरुङ.प्रा.डा. अर्जुन आचार्य र प्रा.डा. माया लामाको नाम छनौट भएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा।डा। रामेशराज कोइराला, प्रा.डा. रोहितप्रसाद यादव र प्रा।डा। प्रह्लाद कार्की, प्रा.डा.कृष्णकुमार राई, प्रा.डा. पशुपति चौधरी र प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ अन्तिम सूचीमा छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. डबलबहादुर धामी र सह–प्रा.डा.पुजनकुमार रोकाया, सह–प्रा.डा. एलिजा श्रेष्ठ, डा. पवनजंग रायमाझी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम सूचीमा छन्।
चारै प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ४ मा आवेदन आह्वान गर्दै सर्च कमिटी गठन गरेको थियो।
समितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल संयोजक छन् भने सदस्यमा स्वास्थ्य सचिव डा। विकास देवकोटा र योजना आयोगका सदस्य डा.आरपी बिच्छा छन्।










