बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति ध्यानाकर्षण

बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति ध्यानाकर्षण

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गण्डकी। कानुन तथा संसदीय व्यवस्था मन्त्रालयले मुलुकी अपराधसंहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्वारा आज पोखरामा आयोजित महिलाहरूको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षणपत्र बुझाएको छ । महिलाको आत्मसम्मानमा ठेस पु¥याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गर्ने अभिप्रायले सरकारले ल्याएको बहुविवाह गर्न पाउनेसम्बन्धी कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन ध्यानाकर्षण पत्रमा चेतावनी दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सभापति शर्माले उल्लेखित विषयलाई सम्बन्धित ठाउँमा पुर्‍याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद् नहुने हाँले स्पष्ट पार्नुभयो ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली कांग्रेसको सङ्गठन र भावी कार्यदिशाबारे आ–आफ्ना धारणा राख्नुुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस