तेक्वान्दो टोली थाइल्याण्ड जाने

तेक्वान्दो टोली थाइल्याण्ड जाने

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्याण्ड जाने भएको छ ।
यही अगष्ट ९ र १० तारिखमा हुने उक्त प्रतियोगिताको पुरुष  एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ किलोमुनिको तौल समूहमा  लवयोग सुनुवार, २७ किलोमुनिको तौल समूहमा सन्देश लामिछाने र ४१ किलोमुनिको तौल समूहमा अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीको प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डङ्गोल र मुना खवास रहेका छन् । टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गी, नेपाल तेक्वान्दो सङ्घका सदस्य कुमार लामा घिसिङ र प्रशिक्षक अर्जुनभक्त राईले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय