पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सामूहिक सपना पूरा भयो : सांसद डा. शर्मा

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सामूहिक सपना पूरा भयो : सांसद डा. शर्मा

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । वर्षाैंको प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ । मोरङ क्षेत्र नं ३ का सांसद तथा नेपाली कांग्रेस नेता डा. सुनीलकुमार शर्माले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन् ।

वि.सं. २०६१-६२ तिरै सञ्चालनको तयारी पूरा भए पनि जनआन्दोलनका कारण अस्पताल सञ्चालनको प्रक्रिया रोकिएको थियो । त्यसपछि सयौँ सरकार फेरिए । तथापि मेडिकल कलेज सञ्चालनमा आउन सकेको थिएन ।

यसपटक योजनालाई पुनर्जीवित गर्न डा. शेखर कोइराला र डा. शर्मा दुवै अग्रसर भए । स्थायी समाधानका लागि दीर्घकालीन रणनीति तयार पार्दै उनीहरूले लगातार प्रधानमन्त्री, मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग प्रत्यक्ष संवाद गरे। सरकारी संयन्त्रमा आवश्यक नीतिगत सुधारका लागि दबाब सिर्जना गर्दै पूर्वाञ्चल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसँग प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्न सक्रिय भूमिका खेले ।

यही अडिग प्रतिबद्धता, निरन्तर पहल र सशक्त संवादको परिणामस्वरूप दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि मेडिकल कलेज सञ्चालन सम्भव भएको हो।

सो अवसरमा खुशी साट्दै डा. शर्माले भने, “केवल एउटा शैक्षिक संस्था मात्र सुरु भएको छैन । कोशी प्रदेशका जनताका लागि स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ । लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।”

ऐतिहासिक उपलब्धिको अवसरमा डा. शर्माले योगदान दिने सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा मेडिकल कलेज सञ्चालन हुनुलाई विश्वविद्यालय स्थापनाको ३ दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेका छन् । जनप्रतिनिधि भनेको केवल पद धारण गर्ने व्यक्ति मात्र नभई जनताको सपना, पीडा र आकांक्षालाई आफ्नो धड्कनमा बोकेर हिँड्ने जिम्मेवार अभिभावक भएको पनि उनले जिकिर गरेका छन् ।

डा. शर्मा प्रतिनिधिसभाम तलब–भत्ता नलिने सांसद हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस