चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ सुरु हुने

चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ सुरु हुने

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुदूरपश्चिम। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताउनुभएको छ ।
मन्त्री पौडेलले आज धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
पौडेलले विभिन्न आठ वटा जटिल रोगका बिरामीका लागि पहिलो पटक सरकारले रु तीन लाख बराबरको स्वास्थ्य सेवाको व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनले देशलाई रुबेलामुक्त घोषणा गर्नु उपलब्धि भएको छ ।”
स्वास्थ्यमन्त्री पौडेलले आज सो विश्वविद्यालयको आकस्मिक सेवाको उद्घाटन गर्ने कार्यक्रम थियो । विश्वविद्यालय ऐन पारित भइसकेको अवस्थामा आकस्मिक कक्षको उद्घाटन गर्नुको अर्थ नरहेको भन्दै स्थानीयले विरोध जनाएपछि सो कार्यक्रम स्थगित गरिएको थियो ।
Share This Article

प्रतिक्रिया दिनुहोस