संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि तीज महोत्सव

संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि तीज महोत्सव

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ यही भदौ १० र ११ गते पोखरामा तेस्रो तीज सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

महोत्सवबारे जानकारी दिन आज यहाँ पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शोभा न्यौपाने पाण्डेले दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मूल उद्देश्यकासाथ २०७४ सालमा स्थापित संस्थाले यसअघि महोत्सवको दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

मौलिक परम्परा र संस्कृतिलाई पर्यटन व्यवसायसँग जोड्न आयोजित महोत्सवले गण्डकी प्रदेशका ११ वटै जिल्लालाई समेट्ने जनाइएको छ । महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनसमेत महत्वपूर्ण योगदान गर्ने आयोजकको भनाइ छ ।

महोत्सवमा तीज गीत प्रतियोगितासमेत गरिने भएको छ । प्रतियोगिताका विजेतामध्ये प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने जनाइएको छ । उत्कृष्ट नृत्यलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

महोत्सवमा रस्साकसी, साडी दौड, घैँटो फुटाउनेजस्ता खेल समावेश गरिएका छन् भने मेहेन्दी जोन, महिला सशक्तीकरणसम्बन्धी टकसो र विविध सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस