गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ :उपसभामुख राना

गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ :उपसभामुख राना

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि सबै सरोकारवाला एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)को ३५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटनसँगै संस्कृति प्रवर्द्धनमा समेत रेबान, होटल सङ्घलगायतको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
उपसभामुख रानाले आतिथ्य उद्योगले गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गर्दै पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो पर्यटन विकासका लागि पूर्वाधारमा लगानी अभिवृद्धि गरी सेवालाई विशिष्टीकृत बनाउन जरुरी भएको खाँचो औँल्याउनुभयो । उपसभामुख रानाले आतिथ्य व्यवसायमा नवप्रवर्तन र ‘डिजिटाइजेसन’लाई प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले आर्थिको विकासको महत्वपूर्ण पाटो पर्यटन क्षेत्रलाई राज्यले विशेष प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले लयमा रहेको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वराजदूत महेश दाहालले रेष्टुरेन्ट व्यवसाय पर्यटन प्रवद्र्धन मात्रै नभई देशको कला संस्कृतिको संरक्षण प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पहिचानलाई अन्तरराष्ट्रियजगत्मा प्रवर्द्धन गर्न योगदान पुर्‍याएको पर्यटन व्यवसायलाई राज्यका तर्फबाट प्रोत्साहन जरुरी भएको बताउनुभयो ।
होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानी रहेको आतिथ्य उद्योगको क्षमताको पूर्ण उपयोग हुन नसक्दा लगानीकर्तामा निराशा छाएको भन्दै यसतर्फ नीतिगत सुधारको खाँचो औँल्याउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी किशोरराज पाण्डेले सरकार र निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवर्द्धनको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
रेबानका अध्यक्ष सङ्घर्ष बिष्टले मुलुकको अर्थतन्त्रमा योगदान दिइरहेको रोष्टुरेन्ट व्यवसायलाई राज्यले उद्योग सरह मान्यता दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “रेष्टुरेन्टमा अर्बौं लगानी छ । व्यवसायलाई चलायमान बनाउन र आर्थिक रूपमा सबल बनाउन राज्यले प्रोत्साहन गर्नुपर्छ ।”
रेबानका उपाध्यक्ष नरेशध्वज श्रेष्ठले रेष्टुरेन्ट व्यवसायलाई राज्यका तर्फबाट उद्योगसरह मान्यता दिएर आवश्यक छुट र सहुलियतको व्यवस्था गर्न माग गर्नुभयो । रेबान पोखराका उपाध्यक्ष विकास भट्टराईले पर्यटन विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस