सुपरहिट फिल्म ‘सैयारा’ नेटफ्लिक्समा रिलिज

सुपरहिट फिल्म ‘सैयारा’ नेटफ्लिक्समा रिलिज

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बक्स अफिसमा सुपरहिट कमाइ गरेको भारतीय फिल्म ‘सैयारा’ ओटिटीमा रिलिज भएको छ।

शुक्रबार नेटफ्लिक्समा रिलिज भएसँगै यो फिल्म फेरि चर्चामा आएको छ। नव–अभिनेता अहान पाण्डे र अभिनेत्री अनित पड्डा अभिनीत तथा यशराज फिल्म्सद्वारा निर्मित ‘सैयारा’ सेप्टेम्बर १२ देखि नेटफ्लिक्समार्फत १९० देशहरूमा स्ट्रिमिङ भइरहेको जनाइएको छ।

ओटिटी रिलिजसँगै कतिपयले सामाजिक सञ्जालमा फिल्मप्रति आफ्नो प्रेम व्यक्त गरिरहेका छन्। घरमै बसेर फिल्म हेर्न उत्साहित रहेको दर्शकहरूको प्रतिक्रिया छ।

मोहित सुरीद्वारा निर्देशित ‘सैयारा’ एक अप्रत्याशित ब्लकबस्टर फिल्म बन्यो। यसले विश्वभर ५०० करोड भारूभन्दा बढी कमाएको छ। धेरै कीर्तिमान कायम गरेको ‘सैयारा’ अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने भारतीय रोमान्टिक फिल्म समेत बनेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय