मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बन्नुभएको छ । लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसक्नुभएको छ ।
नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिनुभयो । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मङ्गलबार बिहान १०ः५० बजे मनास्लुको शिखर चुम्नुभएकी उहाँको भनाइ छ ।
छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्नुभएको हो । उहाँ गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुनुहुन्छ । उहाँसँगै मनास्लु आरोहण गर्ने सामागाउँका चार जना भएका छन् । यसअघि सामागाउँका डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।
Share This Article

प्रतिक्रिया दिनुहोस