सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५

सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले चुमेकी छिन् । बुधवार अबेर रात ललितपुरमा आयोजित यो प्रतियोगिताको ग्रान्ड फिनालेमा बाँकी १३ प्रतिस्पर्धीलाई पछि पार्दै सान्याले यो उपाधि हासिल गरेकी हुन् ।

विजेता सान्याले २ लाख नगदसहित विभिन्न उपहारहरू पनि प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा आयोजना हुने ७४ औँ मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने आयोजक पक्षले कार्यक्रममा जानकारी गरायो । सो उपाधि जितेपछि मिडियासँग छोटो कुराकानी गर्दै सान्याले नेपालमा पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका कारण पर्यटन क्षेत्रमा ठुलो असर परेको बताइन् । त्यसैले अहिले यसलाई प्रवर्धन गर्नु पर्ने आवश्यक औँल्याउँदै उनले भनिन्, ‘म थाइल्यान्ड पुगेर मिस युनिभर्समा बिदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने छु । मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको पर्यटन क्षेत्रसँगै अन्य विविध कुराको प्रवद्र्धन गर्ने छु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय