पोखरामा २५ औं संस्करणको पोखरा सडक महोत्सव सुरु ।

पोखरामा २५ औं संस्करणको पोखरा सडक महोत्सव सुरु ।

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । पोखरामा २५ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन नेपाल पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आजदेखि सडक महोत्सव सुरु भएको हो ।

लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरेका थिए ।

५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख अवलोकनकर्ता भित्र्याउने रेबानको लक्ष्य छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्दै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस