बद्री सापकोटा र संगम लामिछानेको ‘ए गौरी’

बद्री सापकोटा र संगम लामिछानेको ‘ए गौरी’

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गायिका संगम लामिछाने र गायक बद्री सापकोटाको स्वरमा रहेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ ।

गायिका संगम लामिछानेको प्रस्तुतिमा रहेको यस गीतको शब्द सिर्जना कृष्ण लामिछानेको रहेको छ भने बद्री सापकोटाको संगीत रहेको छ । उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

‘ए गौरी’को म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारीको प्रमुख भूमिका रहेको छ । उनीहरुसँगै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई संगम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्। भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । रामेछाप जिल्ला स्थायी घर भएकी गायिका लामिछानेको यसभन्दा अगाडि आएको गीत ‘हे मेरो सानु’ लोकप्रिय बनेको गीत हो ।

चर्चित गीत बस बस पियारीका सङ्कलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरी गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय