हरिभक्त बुढाथोकीको “दुरि मलाई हुनु छैन” सार्वजनिक (भिडियो सहित)

हरिभक्त बुढाथोकीको “दुरि मलाई हुनु छैन” सार्वजनिक (भिडियो सहित)

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गितकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रन परियारको स्वरमा “दुरि मलाई हुनु छैन” बोलको गित सार्वजनिक भएको छ । शुक्रवार गितकार हरिभक्त बुढाथोकीकै युटुब च्यानलमा सार्वजनिक गरिएको गितको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्किको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गितको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनि गरेका छन् ।

गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक, ४ विविध विधामा सोध्यपत्र समेत लेखेका एक अब्बल लेखक हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहित्यकार) मा समेत हरिभक्त बुढाथोकी निकै अब्बल मानिन्छन् ।

साथै बुढाथोकीले थुप्रै चर्चित गितहरु समेत रचना गरेका छन् । नजर लाग्ला नि, मुटुमै गाँसेको माया र तिम्रै दर्शन उनको हिट गितहरुमा पर्छन् । हर्नुस गितकार हरिभक्त बुढाथोकीको नयाँ “दुरि मलाई हुनु छैन” गित !

https://www.youtube.com/watch?v=OAIGN4mZhEI&t=1s

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय