आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किए

आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किए

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : शिक्षक आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्कनुपरेको छ।

अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेर ऐकबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि अपमानित भएर फर्कनुपरेको हो।

उनीहरू शिक्षकहरूको आन्दोलनमा ऐकबद्धता जनाउँदै त्यहाँ भाषण सहित गर्ने योजनासहित पुगेका थिए।

शिक्षकहरूले उनीहरूलाई ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भनेर त्यहाँबाट निस्कन भनेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई स्कर्टिङ गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस