काठमाडौं : वाइ वाइ चाउचाउले थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन्।
तिवारीलाई वाइ वाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरेका हुन्।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालित योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइ वाइ चाउचाउ खरिद गर्दा पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो। सोही कुपनबाट लक्की ड्र गरी विजेताहरू छनोट गरिएको हो।
नेटा भी कार जितेका तिवारीले वाइ वाइ नेपालीहरूको पहिलो रोजाइको चाउचाउ बनेको भन्दै पुरस्कारप्रति आभार व्यक्त गरे। उनले यस्ता योजनाले थोक विक्रेताहरूलाई अझै प्रेरणा मिल्ने बताए।
त्यस्तै, काठमाडौंका केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोरका साथै भक्तपुरको उज्ज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्।
उपत्यकाका पाँच थोक विक्रेताले एलजी ५५ इन्च टिभी र १० जनाले एलजी फ्रिज प्राप्त गरेका छन्। साथै, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
कार्यक्रममा वाइ वाइका सीईओ पुडासैनीले कम्पनीको सफलताको श्रेय उपभोक्ताको माया र सञ्जालमा संलग्न साझेदारहरूलाई दिँदै गुणस्तरीय उत्पादन र उपभोक्ता अपेक्षा सम्बोधनमा वाइ वाइ सधैं प्रतिबद्ध रहने बताए।









