अदालतमा विचाराधिन मुद्दामा प्रतिकूल असर पर्ने गरी नबोल्न गगन थापालाई सर आदेश

अदालतमा विचाराधिन मुद्दामा प्रतिकूल असर पर्ने गरी नबोल्न गगन थापालाई सर आदेश

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधिन मुद्दामा प्रतिकूल असर पर्ने गरी नबोल्न आदेश दिएको छ।

अदालतको मानहानी गरेको भन्दै थापाविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले महामन्त्री थापालाई अदालतमा विचाराधिन मुद्दामा प्रतिकूल असर पर्ने गरी नबोल्न आदेश दिएको हो।

‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलतासमेतलाई विचार गरी अदालतसमक्ष विचाराधिन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू भनी विपक्षीका नाममा यो आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

यस्तै, अदालतले महामन्त्री थापासँग लिखित जवाफसमेत मागेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका विवादित ५२ पदाधिकारीविरुद्धको रिटको सुनुवाइमा सर्वोच्चले ‘डिल गरेको’ गरेको भन्ने थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले मुद्दा दर्ता गरेका थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस