अमित प्रधानको नयाँ गीत ‘मायाको आभास’ सार्वजनिक

अमित प्रधानको नयाँ गीत ‘मायाको आभास’ सार्वजनिक

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : गायक अमित प्रधानको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘मायाको आभास’ सार्वजनिक भएको छ।

यो गीतमा शब्द र सङ्गीत स्वयं गायक प्रधानकै रहेको छ। गीतलाई सङ्गीत संयोजन हर्कुलस बस्नेतले गरेका हुन्।

हिमाल थापाको निर्देशनमा तयार भएको यसको भिडियोमा मोडल व्हेर्‍री केसी र गायक प्रधानले अभिनय गरेका छन्।

हिमाल थापाले सम्पादन र रङ्ग संयोजन गरेको भिडियोलाई रेयवट श्रेष्ठले छायाङ्कन गरेका हुन्।

गायक प्रधानले आफ्नो नयाँ गीत श्रोता तथा दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस