जनकपुरधाम : एमाले धनुषाको जिल्ला अधिवेशन स्थलमा पार्टीकै दुई पक्षबीच भएको झडपमा पाँच जना घाइते भए।
पार्टीको आठौं महाधिवेशन स्थलमा अन्तिम नामावली प्रकाशनको विषयमा सुरु भएको विवाद झडपमा पुगेको हो। झडपमा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ।
अधिवेशनमा भोला यादव र लक्ष्मी नारायण यादव अध्यक्षका प्रत्याशी छन्। दुवै पक्षबीच विवादका कारण वैशाख २० बाट सुरु भएको अधिवेशन सम्पन्न हुन सकेको छैन।
रोकिएको अधिवेशन अगाडि बढाउँदै सोमबार बेलुका मनोनयन दर्ता गरियो। अन्तिम नामावलीमा संशोधन गरेको भन्दै लक्ष्मी नारायण पक्षकाहरु विरोधमा उत्रिएका थिए।
अधिवेशनमा उपाध्यक्षका लागि जयप्रकाश सुनरैत यादव र तेजनारायण यादवले उम्मेदवारी दिएका छन्।
सचिवमा दीप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डल, उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव, उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र शारदा घिसिङले उम्मेदवारी दिएका छन्।










