भारत-पाकिस्तान तनावमा बोल्यो नेपाल : आतंकवादको विपक्षमा एकसाथ, शान्तिको आग्रह

भारत-पाकिस्तान तनावमा बोल्यो नेपाल : आतंकवादको विपक्षमा एकसाथ, शान्तिको आग्रह

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : भारतको पहलगाममा गत २२ अप्रिल २०२५ मा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ।

उक्त आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित भारतीय नागरिकको हत्या भएको थियो।

त्यसको बदलामा भारतले मंगलबार बेलुका पाकिस्तानको नौ ठाउँमा हवाई हमला गरेपछि दुबै देशबीच तनाव बढिरहेको छ।

बिहीबारको विज्ञप्तीमा नेपालले आतंकवादी हमलाको तत्काल र स्पष्ट रूपमा निन्दा गरेको उल्लेख गर्दै नेपाल आतंकवाद विरुद्धको लडाइँमा सबैसँग मिलेर उभिने उल्लेख छ।

‘नेपालले आफ्नो भूमिलाई छिमेकी देशहरू विरुद्ध कुनै पनि शत्रुतापूर्ण शक्तिद्वारा प्रयोग गर्न दिनेछैन’, विज्ञप्तिमा भनिएको छ।

नेपालले दीर्घकालीन शान्ति र स्थिरताप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै तनाव कम हुने आशा व्यक्त गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय