‘राजकुमारी’को औपचारिक घोषणा

‘राजकुमारी’को औपचारिक घोषणा

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : नेपाली कथानक फिल्म ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। निर्माता पीबी थापाको लगानीमा झण्डै ५ करोड रुपैयाँ खर्च गरेर निर्माण हुने यस फिल्मको घोषणा शुक्रबार गरिएको हो।

फिल्म प्रेम, संघर्ष र साहस को कथावस्तुमा आधारित रहने जनाइएको छ। निर्देशनको जिम्मेवारी अनुभवी निर्देशक रिम विश्वकर्माले लिएका छन्।विश्वकर्माले यस प्रोजेक्टलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेका छन्।

उनले भने, “यसअघि पनि केही फिल्म बनाएको छु, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ।”

रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्माता थापाले कथाले उठान गर्ने विषय र प्रस्तुतिको मौलिकताले आफूलाई प्रभावित गरेको बताए।

“नेपाली दर्शकले पहिलो पटक फरक स्वादको गहिरो प्रेमकथा अनुभव गर्नेछन्,” उनले भने।

फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि कलाकार छनोट प्रक्रिया जारी रहेको र कास्टिङ छिट्टै सार्वजनिक गरिने बताइएको छ।

फिल्मको छायांकन आगामी भदौदेखि सुरु हुने जनाइएको छ। हाल प्रि-प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको छायांकन काठमाडौं, मुस्ताङ, पोखरा लगायतका स्थानमा हुने जनाइएको छ।

निर्देशक विश्वकर्माको अर्को फिल्म ‘हेल्लो काँशीराम’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय